सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुँदै

9k Shares

सिद्धार्थनगर । रुपन्देहीको सैनामैना नगरपालिकामा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ । दुधराक्ष युवा क्लब सैनामैनाको आयोजनामा दोस्रो संस्करणको रुपमा ‘दुधराक्ष कप’ क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

माघ २५ देखि सुरु हुने प्रतियोगिता फाल्गुण ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा तीन विभागीय टिमसहित ७ टिमको सहभागिता रहनेछ । कपमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल ए.पि.एफ. क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, कोशी प्रदेश भलिबल सङ्घ, गलकोट भलिबल सङ्घ र मणिमुकुन्द क्लबको सहभागिता रहनेछ । 

प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख ५५ हजार ५ सय ५५ का साथै शिल्ड पदक र प्रमाणपत्र,  द्वितीय पुरस्कार ३ लाख ३३ हजार  ३ सय ३३ र तृतीय पुरस्कार ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, ब्लकर, सर्भिस, प्रशिक्षक, सेटरलाई नगद राशीले सम्मान प्रदान गरिने खेल संयोजक राजकुमार चौधरीले जानकारी दिनुभयो । सो अवसरमा शिल्डको अनावरण र क्लबको जर्सी सार्वजनिक गरिएको छ ।

सम्बन्धित समाचार