काठमाडौं । नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार आयोजित एक कार्यक्रमबिच डायलासिस सेवाको शुभारम्भ गर्नुभयो ।
डायलासिस सेवाको शुभारम्भ गर्नुहुँदै उपप्रधानमन्त्री पौडेलले स्वस्थ खानपानको अभाव र प्रदूषण लगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको सङ्ख्या बढिरहेको बताउनुभयो । उहाँले मिर्गौला रोगीहरुको सङ्ख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौति थपिएको जिकिर गर्नुभयो ।
उहाँले मिर्गौला रोगीहरु बढिरहेको अवस्थामा यस अवस्थालाई मध्यनजर गरेर नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गर्नु सुखद् रहेको बताउनुभयो । उहाँले सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको बताउनुभयो ।