10.4k
Shares
काठमाण्डौ – चालु आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म कार्यान्वयनमा नगएका योजना तथा कार्यक्रम रद्द हुनेभएका छन ।
चालु आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत सरकारले आयव्ययको अनुमान संशोधनसँगै योजना तथा कार्यक्रमको पुनःप्राथमिकीकरण गरेको हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि बजेटका योजना तथा कार्यक्रमको पुनःप्राथमिकीकरण गरिएको बताउनुभयो । विनियोजित बजेटको सीमा नाघ्ने गरी खर्च गरेर अर्को वर्ष भुक्तानी दिने गरी दायित्व सार्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने उहाँको भनाइ थियो ।