एमालेका अध्यक्ष ओलीमाथि धनकुटामा आक्रमण

19.8k Shares

धनकुटा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमण भएको छ । मध्य पहाडी राजमार्गको संकल्प यात्रामा रहेका ओलीमाथि धनकुटाको महालक्ष्मी नगरपालिका लेगुवामा आक्रमण भएको हो ।

उनीमाथि सोही ठाउँका एक युवाले आक्रमण गरेको बताइएको छ । ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट घुसेका युवाले उनिमाथि आक्रमण गरेका हुन् । आक्रमण गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार