इमेज सहकारीका बचतकर्ताको एक करोड रुपियाँ फिर्ता

11.5k Shares

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड रुपियाँ फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५ सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाख रुपियाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो । 

ढोरपाटनका ९२ जना बचतकर्ताहरुले ३७ लाख रुपियाँ प्राप्त गर्नेगरी चेक बुझेका छन् । गलकोट नगरपालिकाका एकसय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित संघर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो । ‘दुई दिनमा एक करोड रुपियाँ बचतकर्तालाई फिर्ता गरियो’ चालिसेले भन्नुभयो ।

गल्कोट र ढोरपाटनका ५ सय ४७ बचतकर्तामध्ये एक लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउनेगरी प्रक्रिया अगाडि बढाइएको चालिसेको भनाइ छ । इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहबरमा बचतकर्ताहरुको रकम फिर्ता गरिएको छ । 

सम्बन्धित समाचार