10.3k
Shares
काठमाण्डौ – मनाङको तिमाङ र सिन्धुपाल्चोकको गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गतको वनमा शुक्रवारदेखि लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
चीनसँग जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी–२ लिपिङको माथिल्लो क्षेत्रको वनमा शुक्रवारदेखि डढेलो लागेको हो ।
लिपिङ खोलामा निर्माणाधीन लिपिङ खोला जलविद्युत् आयोजनाको टनेल साइडमा शुक्रवार वेल्डिङ गर्ने क्रममा करेन्ट सर्ट भएर आगो सल्किएको प्रारम्भिक अनुमान छ ।
डढेलोले सीमा क्षेत्रको राङबुसा गाउँ जोखिममा परेको छ । हिजो अग्निरेखा बनाएर गाउँमा डढेलो पस्न नदिने प्रयास गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।