दुप्चेश्वर महादेवको महिमा

31k Shares

रामहरि थापा
पौराणिक कथा अनुसार चार सय वर्ष अघि नुवाकोट जिल्ला सदरमुकाम देखि ३५ किलोमिटर पूर्वको हाल दुप्चेश्वर गा.पा. वडा नं. ६ साविक राउतबेसी गा.वि.स. वडा नं. ९ को करेजुङ्ग गाउँमा बस्ने श्री बासे तामाङको लैनो गाई विहान गोठमा हेर्दा नदेखेपछि चर्नको लागी गयो होला भनेर उनीहरु साझपख गाई आउने बाटो हेरेर बसेका थिए । गोठालो बासे तामाङ्ग आफ्नो गाई गोठमा नआएपछि बाघले खायोकी, भीरमा अड्क्योकी, जंगलमा लहराले जेलेर बस्योकी भन्दै सबैतिर खोजतलास गरे तर गाई कतै भेटिएन । त्यसपछि घर आएर आफ्नो गोठमा गाई आयोकि भनेर गोठमा जाँदा दुधे बाच्छी मात्र गोठमा आमाको दुध खान नपाएर भोकले लखतरान भएर टाउको उठाउन नसकी सानो स्वरले बा“ बा“ गरेर कराइरहेको देख्दा निज गोठालाको आँखाबाट आँशु झरेछ । त्यसै दिन राती सुतेको बेलामा सपनामा छङ्गाछुरको पखेरोमा ठूलो शिलामा आफ्नो गाईले दुधको चारै थुनबाट दुध बगाएर चढाएको देखे, त्यस पछि सपनामा देखेको ठाउँमा भोलिपल्ट गाउ“बाट सपनामा देखेको सूर्यमति नदीको किनारबाट कठिन छङ्गाछुर पहरामा कसरी जाने सारै अनकन्टार भीरमा कतै बाटोघाटो भेटिएन । बाटो नभए पनि निज गोठालो जङ्गली लहरे घा“सको सहायताले लहरा समाउँदै गाई भएको ठाउ“मा पुगे । गाई भएको ठाउ“मा पुग्दा जुन अहिले दुप्चेश्वर महादेव थान भन्छौ त्यही थानमा गाईले चारै थुनबाट दुध झारिरहेको देखेर गाई हेर्दा हेर्दै अलप भएछ । गाई अलप भएपछि निज गोठालो बासे तामाङ्ग कुन शक्तिको भगवान हुनुहुन्छ मलाई थाहा छैन तपाईलाई गाईको दुध चाहिने रहेछ म यस ठाउँलाई दुधेश्वर महादेव नामाकरण गरी धामी, झाक्री सिंगारेर दुध चढाउने छु । यह“ा महादेवको बासस्थान रहन्छ भनेर सबै जनालाई सुनाएर तपाईको पुजा गर्नेछु । जुन बाटो गएको थिए त्यही बाटोबाट गोठमा फर्केर गोठाले बासे तामाङ्ग पुग्नु अगाडी नै गाई आएर बाच्छीलाई दुध खुवाएर फुर्तिलो पारिसकेछ । जुन दिन थियो त्यस दिन धान्यपूर्णिमाको दिन थियो । त्यसै वर्ष देखि हरेक वर्षको पुष महिनामा धान्य पूर्णिमाका अवसरमा साताव्यापी विशेष मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर महादेवको मेला लाग्ने गर्दछ । त्यतिबेला बाटो घाटो नहु“दा पनि लहराको सहायताले चढेर दुप्चेश्वरको दर्शनको लागी लालाहित हुन थाल्यो । पछि त्यहाँ बाँसको भ¥याङ्ग राखेर पनि दर्शन गर्न जान थाले । कति भक्तजनहरु लडेर चोटपटक लाग्दा पनि भक्तजनहरु दर्शनको लागी आउन छाडेनन् । 

dupcheshwor.jpg

अर्कोतर्फ समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएर महादेव गोसाइकुण्ड जाँदा दुधेश्वरमा आएको जनश्रुति पाईन्छ । त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पत्ति भएका र पछि अपभ्रंश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाईन्छ । जे भए पनि ठाउँ अनुसारको नाम फरक हो स्वरुप एउटै हो । यहा“ पशुपति त्यहाँ दुप्चेश्वर महादेव हुन गएको हो ।
यस दुप्चेश्वरको बारेमा जानकारी लिनु परेमा त्यहा“का जनता, पुजारी जो कोहीबाट पनि लिन सकिन्छ । धेरैलाई यस ठाउँको बारेमा जानकारी छ । यस मन्दिरका पुजारी श्याम तामाङ्गको भनाई अनुसार दुप्चेश्वर महादेवलाई भए सम्म सेतो फुल, गा“जा, भाङ्ग, धतुरो र गाईको दुध चढाउनु भएमा महादेव प्रसन्न हुनुहुनेछ । 
भक्तहरुले यस ठाउँमा गएर आफूलाई आवश्यक अनुसारको माग राखेर पुजाआजा गरेमा इच्छाहरु भगवानले पुरा गर्ने जनविश्वास छ । अविवाहित जोडी र निःसन्तानलाई सन्तान दिने भक्तहरुको राम्रो ज्वाई, राम्रो बुहारी, राम्रो छोराछोरी जे मागे पनि पुरा गरिदिने वा घरमा गाई भैसीहरु लामो समयसम्म थारो रहेमा आफुले दाम्लो लगेर चढाएर त्यहाँ अरुले चढाएको दाम्लो साटासाट गरेर घरमा ल्याएको दाम्लोले गर्दा गाई भैसीलाई राम्रो हुने हँुदा घरमा रहेका थारा गाई भैसी ब्याउने हुने र गाई भैसीले राम्रो दुध दिने त्यस पछि त्यहा“ लगेर दुध चढाउने चलन पनि छ । 
लामो समय सम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहा“ टाढा टाढाबाट भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि यस ठाउ“मा दर्शन गर्न आउँछन् । 

dupcheshwor1.jpg
माओवादी द्वन्द्वसम्म यस ठाउँमा मेला हुँदा पनि स्थानीयहरु मात्र मेला भर्ने गर्दथे भने त्यसपछि मन्दिरको फेदिमा रहेको सूर्यमति नदिबाट बनाइएको घुमाउरो छिडी हुँदै पालै पालो भक्तजनहरुले पुजा र दर्शनका लागी उक्लने गरेका छन् । हाल यस क्षेत्रमा धेरै किसिमका पुर्वाधारहरु बनिरहेका छन् भने अबको दिनमा मेला भएमा काठमाडौं देखि दुप्चेश्वर सम्म गाडीको पिचबाटो बनिसकेको छ भने मेला भर्न राजधानी काठमाडौं, धादिङ्ग, काभ्रे र रसुवा लगायत विभिन्न ठाउँबाट भक्तजनहरु लाखौको संख्यामा आजभोली जाने गरेका छन् । मेलामा क्षेत्री, बाहुन, तामाङ्ग, शेर्पा र अन्य जातीका परम्परागत संस्कृतिको अलौकिक रोचक र अनौठो किसिमको दृश्यहरुको प्रदर्शनको भरपुर मजा र आनन्द लिन सकिन्छ भने त्यसको लागी बेलैमा दुप्चेश्वर महादेवको फेदी र सूर्यमति नदीको किनारमा रहेको १०÷१२ रोपनी जग्गाको टुडीखेल आवश्यकता देखिन्छ । किनकी मेलामा लाखौं भक्तजनहरु आउने जाने आफ्नो कला कौशलता देखाउने ठाउँ र भक्तजनहरुको सुविधामा रहनको लागी पनि राज्यले त्यस ठाउ“लाई अधिकरण गरी टुडिखेल (खाली जग्गा) राख्नु पर्छ अनि मात्र त्यस ठाउँको विकास र जनताको आर्थिक स्थिति मजबुद हुन्छ भने त्यस ठाउँमा मानिसहरुले लोकल अर्गानिक खाना बनाएर बेच्ने त्यसको भक्तजनहरुले भरपुर आनन्द लिएर खान सकिन्छ भने स्थानीय उत्पादनहरुको बिक्री वितरण समेत गर्न सकिन्छ । 
dupcheshwor2.jpg

दुप्चेश्वरको नाम सुनेकोले हामी दुई त्यसतर्फ लागियो र काठमाडौं देखि मनोरम दृश्य हेर्दै रमाउदै तादी खोला तर्दै दृश्यहरुको अवलोकन गर्दै दुप्चेश्वर पुगियो । त्यहाँको दर्शन पश्चात स्थानीय र पुजारीसँग दुप्चेश्वरको बारे भलाकुसारी गरियो ।

सम्बन्धित समाचार