7.4k
Shares
म्याग्दी- एउटा सहकारीबाट डेढ अर्ब रुपैयाँभन्दा धेरै हिनामिन भएकव प्रकरणमा जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।
थापासहितका सञ्चालकहरूमाथि म्याग्दी सदरमुकाम बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ बचत हिनामिना गरेको अभियोग छ ।
नेकपा (एमाले) का नेतासमेत रहेका उनी २०७९ को स्थानीय तह निर्वाचनपछि जिसस म्याग्दीको संयोजक बनेका थिए ।
जिसस म्याग्दीका संयोजक थापासहितविरुद्ध सहकारी ठगी प्रकरणमा ०८१ जेठमा उजुरी परेको थियो । बचत अपचलनबारे सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले छानबिन गरेको थियो ।