10.4k
Shares
काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले संविधान संशोधन र शासकीय पुनर्संरचनाका लागि अहिलेका विकृति पखाल्ने गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।
प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै वाग्लेले संविधान र शासकीय पुनर्संरचनामा आमराष्ट्रिय सहमति हुने गरेर अघि बढनु पर्ने बताएका हुन् ।
‘संविधान र शासकीय पुनर्संरचनामा आम राष्ट्रिय समहति हुने गरेर हामी अहिलेका तमाम विकृतहरू पखाल्ने गरेर अगाडि बढौँ,’ उनले भने, ‘यसमा यो अधिवेशन कामयाव होस् ।’