दुई आर्थिक वर्षमा दुई किमी कालोपत्र

8k Shares

भोजपुर ।  वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भएर वषौँबाट समस्या भोग्दै आएको सडक कालोपत्र भएपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई सहजता भएको छ । बढीमा मात्रमा समस्या हुने सतिघाट–दिङ्ला करिब दुई किलोमिटर सडक कालोपत्र गरिएपछि स्थानीयलाई सहजता भएको हो । कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय अन्तर्गत दुई किमी सडक कालोपत्र सम्पन्न भएको हो । 

यस आर्थिक वर्षमा रु. दुई करोड २० लाख लागतमा दोश्रो खण्डको बाह्र सय मिटर सडक कालोपत्र सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले भोजपुरका प्रमुख राजनराज रेड्डीले बताउनुभयो । गत आर्थिक वर्षमा पहिलो खण्डको आठ सय मिटर कालोपत्र सम्पन्न गरिएको उहाँको भनाइ छ । दुई आर्थिक वर्षमा दुई किमी सडक निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । “सातिघाट–दिङ्ला सडक कालोपत्र गरिरहेका छौँ” प्रमुख रेड्डीले भन्नुभयो,“यो सडकमा बर्सेनी थोरै थोरै मात्र बजेट आउने गरेको छ । यो आर्थिक वर्षमा करिब बाह्र सय मिटर सडक कालोपत्र सम्पन्न भएको छ ।”

उत्तरी क्षेत्रको लागि निकै महत्त्वपूर्ण सडक भए पनि राज्यबाट कम मात्र बजेट विनियोजन हुँदा थोरै÷थोरै मात्र सडक कालोपत्र गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । राज्यले यस्ता महत्त्वपूर्ण सडकलाई बहुवर्षीय सडकमा राखेर प्राथमिकताका साथ बजेट विनियोजन गर्नु पर्ने उहाँले बताउनुभयो । यो सडक खण्डको कुल लम्बाई बाह्र किलोमिटर रहेको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार