गणपूरक सङ्ख्या नपुगेपछि पूर्वाधार विकास समितिको बैठक स्थगित

8.1k Shares

काठमाण्डाै – प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । बिहान साढे ११ बजे बोलाएको बैठकमा सांसदहरूको गणपूरक सङ्ख्या नपुगेपछि स्थगित गरिएको सभापति दीपक सिंहले जानकारी दिनुभयो ।

आजकाे बैठकमा ऊर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्ने कार्यसूची थियो । २६ सदस्यीय समितिमा १२ जनामात्रै सांसदको उपस्थिति थियो । कांग्रेसका ८ जना सांसद सदस्य रहेकामा राजेन्द्र बजगाईं र कल्पना चौधरी मात्रै उपस्थित भए ।

मुगु कर्णाली र किमाथाङ्का जलविद्युत् आयोजना ठेक्का प्रक्रियामा भएका अनियमितताबारे समितिमा परेका उजुरीमाथि छलफल गर्न बैठक बोलाइएको थियो । यी आयोजना ठेक्का लगाउनका लागि मन्त्री खड्काले अनियमितता गरेको आरोप लगाएर समितिमा उजुरी परेको थियो । छलफलका लागि ऊर्जामन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ उपस्थित भए पनि सांसदहरूको गणपूरक सङ्ख्या नपुगेको हो ।

सम्बन्धित समाचार