निर्माण व्यवसायीहरुले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको यातायात मन्त्री श्रेष्ठको गुनासो

15.5k Shares

काठमाडौं, २८ फागुन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्

आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरुले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे

दश वर्ष अगाडी बिड गर्ने एउटा पुलको एउटा पिल्लर खडा गरेर बस्न मिल्छ ? राजधानिकै अगाडी यही टेकुमा एउटा पुल , जो क्राइटीस्मा मेल खाँदैनन् त्यसलाई बुझाउन खोज्नु मिल्छ ? सरकारले लिन मिल्छ ? बाटाघाटा बुझाउन नपाइकन पर्सिदेखि टाल्नुपर्ने स्थिति पैदा हुन्छ त्यो मिल्छ ?, उनले भने, मैले भनेको हामी सबै मिलेर गरौँ मलाई अहिले निन्द्रा लाग्दैन तपाईहरुलाई भुक्तानी पनि दिन नसक्दा, फाइल पेन्डिङ भयो, न्यायोचित भने किन समय लगाइदिने ? किन तुरुन्तै नगर्ने ? राज्यले दुःख दिन पाए, लम्ब्याइदिन पाए, अलि अलि केके, केके गर्न पाए भनेर हुन्छ ?

उनले निर्माण व्यवसायीहरुले सम्झौता अनुरुपको काम नगरेर उपेक्षा गरेका छन् भने आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए उनले काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने बताए

सम्बन्धित समाचार