राष्ट्रिय परिचयपत्रमा नेपालीको तथ्याङ्क कति सुरक्षित ?

10.6k Shares

काठमाडौं – माघ ८ गतेदेखि नागरिक एपमा नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्र हेर्न मिल्ने व्यवस्था बनाइएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कार्डसँगै दोस्रो डिजिटल प्लेटफर्ममा परिचयपत्र हेर्न पाइने व्यवस्था गरेको हो ।

सरकारले राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्दै आएकोमा पछिल्लो पटक नेपाल राष्ट्र बैंकले पनि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हालसम्म एक करोड ६० लाख भन्दा बढी नागरिकले राष्ट्रिय परिचयपत्र नम्बर पाइसकेका छन् । अर्थात्; विभागले अहिलेसम्म सो सङ्ख्याका नागरिकको बायोमेट्रिक सहितको विवरण सङ्कलन गरी परिचयपत्र प्रणालीमा जोडिसकेको छ ।

सम्बन्धित समाचार