विराटनगरस्थित कवाडी गोदाममा आगलागी, एक जनाको मृत्यु

15.9k Shares

काठमाडौँ । विराटनगरस्थित कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार दिउँसो करिब सवा दुई बजे विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी पसलमा आगलागी हुदाँ ३२ वर्षिय दिपक मण्डलको मृत्यु भएको हो।प्रहरी कार्यालयका अनुसार आगलागीमा परेर ५ जना घाइते भएका थिए। घाइतेमध्ये १ जनाको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ३ जना अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्युरो अस्पताल र १ जना किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उपचाररतमध्ये २ जनाको अवस्था गम्भीर छ । आगलागीमा मृत्यु हुने मण्डल र घाइते कवाडी गोदामकै कामदार रहेको बताइएको छ। प्रहरीका अनुसार विभिन्न ठाउँबाट आएका दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ।

सम्बन्धित समाचार