लमजुङमा छ हजारभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइने

10.5k Shares

लमजुङ । लमजुङमा ६ हजारभन्दा बढी छात्राहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ ।

जिल्लाका आठ पालिकाका छ हजार ५४४ जना बालिकालाई एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । यसमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका छ हजार ४०६ जना छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका १३८ जना बालिका रहेका छन् ।

कार्यालयका अनुसार जिल्लामा विद्यालय जाने र विद्यालय नजाने किशोरीहरुका लागि दुई चरणमा सो खोप लगाइने भएको छ । माघ २२ गतेदेखि २५  गतेसम्म सञ्चालन हुने खोप अभियानमा बेसीसहर नगरपालिकामा एक हजार ७१९ जना विद्यालयका र विद्यालय बाहिरका १५ जना, सुन्दरबजार नगरपालिकामा एक हजार १६७ र विद्यालय नजाने ५६ जना, मध्यनेपाल नगरपालिकामा एक हजार १७ जना तथा विद्यालय नजाने १४ जना र राइनास नगरपालिकामा ७८० जना र विद्यालय नजाने १२ जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।

सम्बन्धित समाचार