एन्फा महिला लिगमा आजदेखि प्लेअफ चरणका खेल शुरू हुँदै

9.1k Shares

काठमाण्डौ – एन्फा महिला लिग फुटबल अन्तर्गत प्लेअफ चरणका खेलहरू आजदेखि शुरू हुँदैछन् । आज हुने एलिमिनेटर खेलमा सुपर लिग चरणमा तेस्रो स्थानको नेपाल पुलिस क्लबले चौथो स्थानको बाग्मती युथ क्लबसँग खेल्ने तालिका रहेकाे छ ।

यो खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो पौने ३ बजे शुरू हुनेछ । यसअघिका तीन खेलमध्ये दुई खेल गोलरहित बराबरीमा रोकिएका थिए भने एक खेल पुलिसले जितेको थियो ।

लिग चरणका आठ खेलमध्ये पुलिसले तीन जीत र एक बराबरीसँगै १० अङ्क बनाएर प्लेअफमा पुगेको हो । त्यसैगरी बाग्मतीले भने ८ खेलबाट चार अङ्क जोडेर प्लेअफमा स्थान बनाएको हो ।

सम्बन्धित समाचार