गैँडाको आक्रमणबाट मृत्यु

10.8k Shares

चितवन– चितवनको भरतपुरमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट घाइते भएका भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको हो ।

आक्रमणबाट घाइते भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

भण्डारीलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।

सम्बन्धित समाचार