20.1k
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार हिजो विहिबार प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार हुने भएको छ ।
हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य ६०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ ।
हिजो प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर एक हजार १६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।