पर्साको भिश्वामा घुमुवा आंतक, रक्सी भट्टीबाट खुलेयाम असुली

18.7k Shares

बिरगंज । पर्साको भिश्वास्थित प्रहरी चौकीमा कार्यरत घुमुवा सिपाही सन्तोष रौनियारको कारण यहाँका स्थानीय व्यवसायी परेसान भएका छन् । घुमुवाको असुलीको कारण नै स्थानीय व्यवसायी परेसान भएका हुन् । चौकी प्रमुख ६÷६ महिनामा परिवर्तन भए पनि घुमुवा सिपाही रौनियार भने विगत २८ महिनादेखि यहाँ घुमुवाको रूपमा कार्यरत छन् । उनको असुली धन्दा र व्यवहार हेर्दा लाग्छ कि चौकी प्रमुख सई नै उनै हुन् ।
भिश्वामा रक्सी भट्टी मात्रै १५ वटा रहेका छन् । प्रत्येक रक्सी भट्टीबाट घुमुवा रौनियारले २ हजार देखि २५ सयसम्मको दरले रकम असुली गरिरहेको पसलेहरू नै बताउँछन् । यसबाहेक ५ वटा शिलप्याकवाला रक्सी पसल छन् । यी रक्सी पसलबाट पनि ४ हजारदेखि ५ हजार घुमुवा सिपाही रौनियारले उठाउने गरेको एक पसलेले नाम उल्लेख नगर्ने शर्तमा बताए । यी रक्सी पसलबाट भारत मदिरा तस्करी हुदै आएको छ ।
यसबाहेक भिश्वामा हार्डवेयरको पसल राखेर भारतबाट यिनै घुमुवा रौनियारको संरक्षण र सेटिङमा हार्डवेयरको तस्करी धन्दा गर्ने अशोक रौनियारसंग घुमुवा रौनियारले मासिक २० हजार लिने गरेको समेत यहाँ सार्वजनिक भएको छ ।
रकम मात्रै उठाउने घुमुवाले भिश्वाकै मंगल माध्यमिक बिद्यालयमा ६ महिना अघि चोरी भएको २९ वटा कम्प्युटर सम्बन्धमा कुनै चोर पत्ता लगाउन सकेको छैन । उक्त स्कुलबाट दुई पटक गरेर २९ वटा कम्प्युटर चोरी भएको थियो । तर हालसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।। मधेस प्रदेशमा नयाँ डिआइजी आएपछि यस्ता बदनाम घुमुवा हट्ने आशा गरिएको थियो तर अहिलेसम्म यो काम हुन सकेको छैन ।

सम्बन्धित समाचार