विनमको तारिफ गर्दै प्रधानमन्त्रीले भने : विदेशमा गर्ने दुःख नेपालमा गरे प्रगति नहुने कुरै छैन

12.8k Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गर्ने दुःख नेपालमा गर्दा सफल हुने बताएका छन्। आइतबार (आज) सामाजिक सञ्जालमा ताप्लेजुङका १९ वर्षीय युवा विनम राईको कथा साझा गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। 

उनले राईको तारिफ गर्दै भनेका छन्, ‘लगनशीलताका साथ काम गरियो भने यहीं सफल भइन्छ, विदेशमा गर्नेजति काम यहीं गरे त्यहाँ हुनेजस्तो प्रगति यहीं नहुने कुरै छैन। अहिले यस्ता उद्यमी युवाहरूलाई सरकारले २५ लाख रुपैयाँ सम्मको स्टार्टअप कर्जा दिने गरेको छ।’ 

प्रधानमन्त्री ओली थप लेख्छन्, ‘राई चियापसल चलाउँदै आएका छन्। उनको हँसिलो अनुहार र सरल व्यवहारले धेरैको मन जितेको रहेछ। दोकानका साहुजी अरु नै भए पनि साहुजी उनलाई नै दोकान जिम्मा लगाएर आफ्नो काममा गएका रहेछन्। त्यहाँ आउने मानिसहरूको साथ र उनीहरूले गरेको सहयोगको कारण भाइको विदेश नगई त्यहीँ चियापसल खोल्ने सपना रहेछ।’

1736653187_Oli Post.jpeg

सम्बन्धित समाचार