जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

20.9k Shares

काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

प्रमुख सचेतकमा नियुक्त  भएका प्रदीपलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन तथा निमानुसार पाउने सेवा सुविधा उपलब्ध गराइदिन अध्यक्ष यादवले संघीय संसदका महासचिवलाई पत्र लेखेका छन् । 


 

सम्बन्धित समाचार