देउवाकै जिल्लामा भा“डभैलो

18.1k Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाकै गृह जिल्ला डडेल्धुरामा भाँडभैलो भएको छ । देउवाको प्रत्यक्ष निर्देशनमा क्रियाशील सदस्य थप्ने र जिल्लाका सवा पाँच सय क्रियाशील सदस्यता काट्ने काम गरेको भन्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहितको बहुमत कार्यसमितिले क्रियाशील सदस्यताको प्रक्रियासंगत छानबिन नहुँदासम्म अधिवेशनका प्रक्रिया स्थगित गर्ने निर्णय ग¥यो ।
तर, केन्द्रीय सभापति देउवाको निर्देशनमा जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर मल्लले भने निर्वाचनको कार्यतालिका प्रकाशित गरेका छन् । आगामी २५ गते गाउँपालिका र नगरपालिकाका वडाको अधिवेशन गर्नेगरी कार्यतालिका प्रकाशित गरेपछि विवाद अझ चर्किएको छ । जिल्ला सभापति मल्लले जबरजस्ती अधिवेशनको प्रक्रिया सुरु गरे त्यसबाट आउने परिस्थितिको जिम्मा लिन तयार रहन चेतावनी दिएका छन् ।
कांग्रेसको विधानअनुसार क्रियाशील सदस्य जहाँबाट बन्ने हो त्यहाँका कार्यसमितिको निर्णयसहित केन्द्रमा जानुपर्छ । सभापति मल्लकाअनुसार डडेलधुराका प्रत्येक वडाले निर्णय गरेर नै क्रियाशील सदस्यको सूची केन्द्रमा पठाएका छन् । तर, त्यसरी प्रक्रियासंगत रूपमा पठाइएका क्रियाशील सदस्यलाई केन्द्रबाट काटेर मनपरी कम्युटरबाट थप्ने काम गरेको उनको दाबी छ । सवा पाँचसय पुराना क्रियाशील सदस्य हटाएर ‘कौवा’ चुनाव चिन्ह लिएर कांग्रेसविरुद्ध चुनाव लडेकालाई कांग्रेसको क्रियाशील सदस्य बनाइएको छ ।
ूकेन्द्रबाट निर्वाचन अधिकृत आएपछि उनकै नेतृत्वमा निर्वाचन समिति बन्छ । प्रत्येक वडासहित सबै निर्वाचन गराउने समितिलाई एकएक कपी क्रियाशील सदस्यको नामावली दिइनुपर्छ, मल्लले भने, ‘म जिल्लाको सभापति हुँ मलाई अहिलेसम्म क्रियाशील सदस्यको प्रमाणित आधिकारिक कपी दिइएको छैन ,’ उनले निर्वाचन गर्ने सामग्री नै निर्वाचन समितिले जिल्लामा नबुझाएको बताए ।
कर्ण मल्लका अनुसार ‘प्रक्रियाका कुरा गर्दा उहाँहरू एकततर्फी बहिस्कार गरेर जानुभयो, आफ्नै पार्टीका कार्यकर्ता जम्मा गरेर उहाँहरूले पार्टी कार्यालयभित्रै मुठभेड गराउनुभयो । म त्यो घटनाको घोर भत्र्सना गर्न चाहन्छु ।! मल्लले त्यस्तो घटना घटाएर अज्ञात स्थलबाट निर्वाचनका कार्यक्रम सार्वजनिक गर्न थालिएको बताए ।
यस्तो अपारदर्शी निर्वाचन राजा ज्ञानेन्द्रका पालामा कमल थापा गृहमन्त्री हुँदा पनि गराएका थिएनन् । श्रद्धेय सभापति शेरबहादुर देउवा पक्ष दाबी गर्नेहरूबाट निर्वाचन अधिकृतलाई कब्जामा राखेर र निर्वाचन अधिकृतले पनि स्वीकार गरेर जुन प्रक्रिया बढाउन खोजिँदैछ छ, त्यसको म घोर भत्र्सना गर्दछु,, सभापति मल्लले भने, ‘४३ वडामा सवा ५ सय क्रियाशील सदस्य काटिएका छन् र माथिबाट सवा तीन सय क्रियाशील सदस्य थपिएका छन् ।’
उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको नाम काटेर विपक्षमा चुनाव लडेकाहरूलाई क्रियाशील सदस्य बनाइएको दाबी गरे । उनले १६ वर्ष कांग्रेसको वडासभापति भएका व्यक्तिलाई क्रियाशील सदस्यता काटेपछि कांग्रेसको क्रियासिलमा बसेको बताए । उनले कांग्रेस विरुद्ध कौवा चुनावचिन्ह लिएर १६ मत ल्याएका व्यक्तिको क्रियाशील नवीकरण भएर आएको पनि खुलासा गरेका छन् । मल्लले कांग्रेसको रुख चिन्ह लिएर चुनाव लडेकी निर्वाचित सदकमला विष्टको नाम क्रियाशीलबाट हटाएको बताए ।
जहाँबाट ६ पटक निर्वाचित हुनुभएको छ शेरबहादुरजी, जहाँका मानिसले ब्रम्हा, विष्णु महेश्वरमात्र होइन, आफूलाई जन्मदिने आमाभन्दा बढी उहाँलाई माया गरेर नेता मानेका छन्, कर्णले भने, ‘त्यो जिल्लामा जिल्ला सभापतिको उम्मेदवार आफैँले तोक्नुहुन्छ । यसैका लागि उहाँ १० वर्ष जेल पर्नुभएको ? यसकै लागि हाम्रा दाजुभाइले उहाँलाई पार्टी सभापति बनाउन लागेको ?’ उनले केन्द्रीय सभापतिले जिला सभापतिको उम्मेदवार मात्र नभएर मतदाता पनि आफैँले छानेको बताए ।
‘मैले सुनेअनुसार २१ जिल्लाको विवाद भएर स्थगित भएको छ । २० जिल्लामा आजसम्म सार्वजनिक भएको छैन,’ मल्लले भने, तर, निर्वाचन समितिलाई उहाँले बालुवाटारमा बोलाएर कडाभन्दा कडा निर्देशन दिएर राणा शासन कालमा राणाले आफ्ना जर्नेललाइ जस्तो निर्देशन दिएर डडेलधुराको क्रियाशील सदस्यता सार्वजनिक भएको छ । यसको म घोर भत्र्सना गर्न चाहन्छु ।

सम्बन्धित समाचार