बत्तीको पैसा नतिरेपछि कांग्रेस संसदीय दल कार्यालयको लाइन काटियो

9.5k Shares

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारको बत्तीको लाइन काटिएको छ । संघीय संसद् सचिवालयले बत्तीको पैसा नतिरिदिएपछि आज बिहानैदेखि कांग्रेस संसदीय दलको कार्यकालको बत्तीको लाइन काटिएको हो । 

बत्तीको पैसा तीन महिना अर्थात् ९० दिनसम्म नतिरेपछि नेपाल विद्युत् प्राधिकरणको ग्राहक सेवा निर्देशनालयमा रहेको सफ्टवेयरले स्वचालित रूपमा लाइन काट्छ । संसद् सचिवालयबाट प्राप्त जानकारी अनुसार करिब ६५ हजार रुपैयाँ तिर्न बाँकी छ । संसद् सचिवालयले पैसा तिर्नको लागि चेक काटिएको र केही बेरमा बुझाइने जानकारी गराएको छ । 

सम्बन्धित समाचार