भूकम्प प्रभावितको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्छु : प्रचण्ड

9.8k Shares

६ जेठ, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्ने बताएका छन् ।

मध्यपहाडी लोकमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ अन्तर्गत मंगलबार बिहान जाजरकोट खलंगामा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूकम्प प्रभावितहरूको पुनः स्थापनाको विषयमा गम्भीर रूपमा आवाज उठाउने बताएका हुन् ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले करिब डेढ वर्षदेखि भूकम्प प्रभावितहरूको बिचल्ली रहेको र सरकारले प्रभावितहरूको पुनः स्थापनामा ध्यान नदिएको भन्दै त्यसतर्फ आवाज उठाउन प्रचण्डलाई आग्रह गरेका थिए ।

सरोकारवालाहरूका प्रश्न सुनेपछि जवाफ दिँदै अध्यक्ष प्रचण्डले जनताको सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको बताए ।

सम्बन्धित समाचार