काठमाडौं । नेपाल तेक्वान्दो संघ बामगती प्रदेशको सम्पूर्ण जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी प्रदेश प्रमुख केशव पुरीले जानकारी गराउनुभएको छ ।
बागमती प्रदेशका अधिकांश जिल्लामा तेक्वान्दो संघको जिल्ला अधिवेशन सर्वसम्मतरुपमा सम्पन्न भएको छ । तेक्वान्दो संघको आगामी प्रदेश सभा र केन्द्रीय अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि सबै तेक्वान्दोकर्मीहरु लागि परेका छन् । तेक्वान्दो खेल नेपालको सर्वाधिक र महत्वपूर्ण अन्तर्राष्ट्रिय पदक ल्याउने खेलको रुपमा रहेको छ । नेपाल तेक्वान्दो संघको नेतृत्वमा तेक्वान्दो खेलले १३ दक्षिण एसियाली गेममा नेपालको लागि सर्वाधिक पदक ल्याउन सफल भएको थियो । यस्तो खेलको नेतृत्व गरेको नेपाल तेक्वान्दो संघको आगामी प्रदेश तथा केन्द्रको नेतृत्वको लागि अहिलेदेखि नै सक्षम नेतृत्वको खोजी हुन थालिसकेको छ ।
नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको नेतृत्व गरिरहनुभएका पुरीका अनुसार बागमती प्रदेशमा तेक्वान्दो खेलले सोचेको भन्दा पनि सफलता हासिल गर्ने तर्फ उन्मुख भइरहेको छ । बागमती प्रदेशभित्र रहेका जिल्लास्तरीय प्रतियोगिताका साथै प्रदेश र राष्ट्रियस्तरको प्रतियोगिताहरुमा बागमती प्रदेशले गर्दै आइरहेको बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष पुरीले जानकारी गराउनुभएको छ ।
आगामी दिनमा पनि तेक्वान्दो खेल विकासका लागि यस्तो प्रतियोगिताहरु आयोजना गर्दै खेल र खेलाडीको मनोबल बढाई अन्तर्रांष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गर्ने लक्ष्य रहेको र नेपालमै उनीहरुको भविष्य सुनिश्चित गराउने उद्देश्यका साथ लागि परिरहेको अध्यक्ष पुरीले जानकारी गराउनुभएको छ ।