जय ट्रफी एलिट कपका लागि सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

8.6k Shares

काठमाडाैँ । ‘जय ट्रफी मेन्स एलिट कप-२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ। 

बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो। सन्दीपको कप्तानीमा रहेको टोलीमा सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम रहेका छन्। 

त्यस्तै इशान पाण्डे, विपीन आचार्य, शुभ कंसाकार, रोशन विक, सूर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ र तिलकराज भण्डारी पनि टोलीमा समेटिएका हुन्।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जय ट्रफी मेन्स एलिट कप यही पुस २१ गतेदेखि माघ ३ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा हुनेछ।

सम्बन्धित समाचार