ठगी मुद्दामा फरार रहेका सहकारी संस्थाका एक प्रबन्धक कतारबाट पक्राउ

18.6k Shares

काठमाडौं- ठगी मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भएका सहकारी संस्थाका एक जना प्रबन्धकलाई कतारमा पक्राउ गरिएको छ।

काठमाडौं महानगरपालिका-३२ तीनकुनेमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ३८ वर्षीय प्रमोद सिजापतीलाई कतारमा पक्राउ गरी काठमाडौं ल्याइएको छ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- ४ गणेशपुर घर भएका सिजापतीलाई एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी शुक्रबार काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार