दक्षिण कोरिया विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६७ पुग्यो

12.1k Shares

काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६७ पुगेको छ । विमानमा सवार १८१ जनामध्ये १६७ जनाको मृत्यु पुष्टि भएको नेसनल फायर एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ  ।

थाइल्यान्डको बैंककबाट उडान भरेको बोइङ ७३७–८०० जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

विमानमा सवारमध्ये १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । उनीहरूमध्ये थाइल्यान्डका दुई र अरू दक्षिण कोरियाका नागरिक रहेको बीबीसीले जनाएको छ । नेसनल फायर एजेन्सीका अनुसार, विमानमा ५७ महिला, ५४ पुरुष र १३ अन्य थिए । 

दुर्घटनाको कारण अझै पुष्टि हुन सकेको छैन । तर, चरासँग ठोक्किँदा र खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार