नेपालद्वारा बंगलादेशलाई मध्यम लक्ष्य

14.1k Shares

काठमाडौं  – एसीसी महिला यू१९ एसिया कप अन्तर्गत सुपर ४ को अन्तिम खेलमा नेपालले बंगलादेशलाई ५५ रनको मध्यम लक्ष्य दिएको छ ।

मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन जोड्यो ।

नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पुजा महतो ९ र एलिशा यादवले ८ रन बनाए । नेपालका ४ ब्याटर रनआउट हुन पुगेका थिए ।

पावरप्ले देखि नै रनका लागि संघर्ष गरेको नेपालले ठूलो सट खेल्न सकेन । नेपालका लागि एलिसाले २ तथा सावित्री र पुजाले १-१ चौका प्रहार गरेका थिए ।

यो खेलमा जित हासिल गर्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । सुपर ४ को शीर्षस्थानमा रहेर भारतले फाइनलमा स्थान पक्का गरिसकेको छ । भारतको ७ अंक छ भने नेपाल र बंगलादेशको ४-४ अंक छ । नेट रनरेटमा बंगलादेश नेपालभन्दा अघि छ ।

सम्बन्धित समाचार