दार्चुलामा एक महिला मृत अवस्थामा फेला

18k Shares

दार्चुला, १ कार्तिक ।  दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकि छन्। जिल्लाको नौगाड गाउँपालिका–१ बगड की ४८ वर्षीया धनादेवी ठगुन्नालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।


ठगुन्नाको शव सोही ठाउँस्थित बिलासौ जंगलमा मंगलबार फेला परेको हो। असोज ३ गते घरबाट छोरीको घर जान्छु भनी हिँडेकी उनी सम्पर्कबिहिन भएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार