10.6k
Shares
सप्तरी– सप्तरीमा खेतमा काम गरिरहेका किसानको अर्नाको आक्रमणबाट मृत्यु भएको छ।
कोशी टप्पुबाट आएको अर्नाको आक्रमणबाट हनुमाननगर कंकालिनी नगरपालिका-९ का शुभेलाल मण्डलको मृत्यु भएको हो।
बुधबार खेतमा काम गरिरहेका बेला अर्नाको आक्रमणबाट उनी गम्भीर घाइते भएका थिए। स्थानीयले तत्कालै उपचारको लागि लग्दा उनको मृत्यु भएको सपतरी प्रहरीले जनाएको छ।