नेपाल–भारत सीमा नाका आज दिनभरिका लागि बन्द

11.6k Shares

धनगढी। कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका आज दिनभरिका लागि बन्द गरिएको छ । 

भारतको लखिमपुरी खिरीस्थित पलियामा आज भइरहेको उपनिर्वाचनलाई मध्यनजर गरेर दुई देशको सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । बिहान ६ बजेबाट बन्द गरिएको सीमा नाका बेलुका ६ बजे खुल्ने जनाइएको छ । 

पलियामा रहेको नगर परिषद्को रिक्त अध्यक्ष पदका लागि त्यहाँ उपनिर्वाचन भइरहेको बताइएको छ । निर्वाचन सकिएपछि सीमा नाका खुल्ने जोशीले बताउनुभयो । 

सम्बन्धित समाचार