भूषण र शान्तिश्रीको ‘माया बराबर’मा लक्ष्मी र जीवनको अभिनय

10.1k Shares

काठमाडौँ । भूषण खतिवडा र शान्तिश्री परियारको स्वर रहेको गीत ‘माया बराबर’ सार्वजनिक गरिएको छ । फिन्जु पाख्रिनका प्रेमिल शब्द रहेको गीतमा गायक भूषण खतिवडाकै सङ्गीत छ ।

‘नेपमेलो’ नामको युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको  भिडियोमा रियल जोडी अभिनेत्री लक्ष्मी बर्देवा र जीवन भट्टराईको सफल प्रेम यात्रालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा लक्ष्मी र जीवनसँगै सागर दाहाल, विशाल पहारीको अभिनय रहेको छ ।

गीतको भिडियोलाई कलाकारद्वय  लक्ष्मी र जीवनले नै निर्देशन गरेका हुन् ।

सम्बन्धित समाचार