अब कुहिएर खेर जाँदैनन् मुस्ताङका स्याउ

11.3k Shares

म्याग्दी । मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यानगृह प्रभावकारी बनेको छ । चिस्यानगृह निर्माण भएपछि याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हटेको छ । 

सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि भनेको मूल्य र बजार दुवै पाएको घरपझोङ गाउँपालिका–२ मार्फाका कृषक वुद्धिमान लालचनले बताए । “असोजमा टिपेर चिस्यानगृहमा राखेको स्याउ जेठसम्म केही भएन,” उनले भने, “याममा प्रतिकिलो एक सय ५० रुपैयाँ सम्म पर्ने स्याउ बेसिजनमा प्रतिकिलो दुई सय ५० सम्ममा बिक्री भयो,” लालचनले १० मेट्रिक टन क्षमताको चिस्यानगृहमा स्याउ भण्डारण गरेका छन् । 

चिस्यानगृहमा असोजदेखि चैतसम्म स्याउ राख्दा पनि गुणस्तर, आकार र तौलमा कुनै फरक नआउने मार्फाका कृषक विश्व लालचनले बताए । “चिस्यानगृह नहुँदा घरको कोठा, चिसो ठाउँमा स्याउ थुपारेर भण्डारण गर्नुपर्दथ्यो,” उनले भने, “त्यसरी राख्दा तापक्रम नमिलेर कुहिने गरेको थियो ।” उनले बिक्री नहुने स्याउ घोडा, खच्चर, गाईगोरुलाई खुवाउने गरेका थिए । 

मुस्ताङमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहहरुले करिब तीन सय मेट्रिक टन क्षमताको १० वटा चिस्यानगृह निर्माण गरेका छन् । सबै चिस्यानगृहमा बेमौसममा बेच्नका लागि स्याउ राखिएको छ । 

सम्बन्धित समाचार