खरेलको सुर्खेतमा भएको सरुवा कसरी थामियो ?

9.6k Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानमा छैटौं तहका राजिव खरेलले सुर्खेतमा भएको सरुवा कसरी रोकियो भन्ने विषय अहिले क्यानमा ठूलै हल्लाको विषय बनेको छ ।  सामान्य कर्मचारीको रुपमा रहेका राजिव खरेलको हालिमुहाली र रजगज राम्रै रहेको पाइएको छ भने महानिर्देशक ÷ निर्देशकहरुको त कुरै भएन । 
क्यानमा बामपंथी युनियनबाट राजनितीमा उत्रिएका भनिएको छैठौ तहका प्राविधिक कर्मचारी राजिव खरेल प्राधिकरण भित्र आफुलाई सुपरपावरको ठान्छन् । लामो समयदेखि काठमाडौंमा नै टिकी राख्न सकेका यिनको हालै सुर्खेत सरुवा भएर पनि त्यहाँ जान भने परेन । सरुवा निक्लेको केही घण्टामा नै यिनको सुर्खेत भएको सरुवा काठमाडौंमा नै थमौती हुनुले क्यानकै कर्मचारीहरु आश्चर्यमा परेको नाम नबताउने सर्तमा एक कर्मचारीले जानकारी गराए । 
विगतमा नेकपा एमालेको जनवर्गीय संगठन क्यान भित्रका युनियनका नेता समेत रहेको बताउँदै हिड्ने खरेलले हाल आफु माधवकुमार नेपालले नेतृत्व गरेका समाज बादी पार्टीको युनियनका नेता बताउँदै हिँड्ने गरेका छन् । 

सम्बन्धित समाचार