काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०को महाधिवेशनमा सर्वसहमतिको प्रयास जारी छ । महाधिवेशन प्रतिनिधिहरूले मिलेर अघि बढ्न जोड दिएपछि नेताहरू सहमतिको प्रयासमा जुटेका हुन् ।
हाल अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच छलफल भइरहेको छ । अध्यक्षमा दाबी गरिरहेका भुसाललाई महासचिवमा नै दोहोेरिन नेपालले प्रस्ताव राखेका छन् । भुसालले अध्यक्षको दाबीबाट पछि हट्ने संकेत गरिसकेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् । तर, भुसालले पार्टीमा तेस्रो वरीयता खोजेका छन् । उनले अध्यक्ष र सम्मानित नेतापछिको वरीयता चाहेको उनी निकटहरू बताउँछन् ।
महाधिवेशनस्थल कमलादीनजिकै उनीहरू छलफलमा जुटेका हुन् । पार्टीका सचिव जीवनराम श्रेष्ठले सहमतिका लागि प्रयास भइरहेको बताए । “सहमतिका लागि प्रयास भइरहेकै छ । सहमति कसरी गर्ने भन्नेमा अहिले छलफल जारी छ । आज बेलुकासम्ममा केही निचोड निस्केला,” उनले भने ।