भुटानी राजा एकैछिनका लागि आज काठमाडौं ओर्लिने

11.2k Shares

काठमाडौँ - भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र रानी जेत्सुन पेमा वाङ्चुक निजी भ्रमणका लागि काठमाडौं आउँदैछन्। भारत भ्रमणमा रहेका शाही दम्पती दिल्लीहुँदै काठमाडौं आउने छन्। काठमाडौंमा शाही दम्पत्तीले तीनदेखि चार घण्टा समय बिताउने छ।

भारतबाट स्वदेश फर्किने क्रममा शाही दम्पत्तीले नेपालमा ‘ट्रान्जिट भिजिट’ गर्न लागेका हुन्। स्रोतका अनुसार बिहान पौने १० बजेतिर नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

काठमाडौंमा रहँदा राजा जिग्मेले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने बताइएको छ। ​उनी त्रिभुवन विमानस्थलबाट सिधै स्वयम्भूको दर्शनका लागि जानेछन्। त्यसपछि उनी बौद्धनाथ जानेछन्।

यो भ्रमण राजनीतिकभन्दा पनि ‘धार्मिक र नितान्त व्यक्तिगत’ भएको बताइएको छ। आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार