मापदण्ड विपरीत कुनै संरचना नबनाउन प्राधिकरणको आग्रह

9.5k Shares

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले नेपाल सरकारबाट स्वीकृत निर्माण मापदण्ड विपरीत कुनै किसिमको भौतिक संरचना नबनाउन आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना जारी गरी काठमाडौं उपत्यका भित्रका क्षेत्रमा सम्बन्धित स्थानीय तहबाट नक्सा स्वीकृत गराई योजना अनुमति लिएर मात्र जग्गा विकास, सामूहिक आवास, संयुक्त आवास एवं संस्थागत, सार्वजनिक, व्यापारिक, भोजभतेर स्थल, अस्पताल, विद्यालय, नर्सिङ होमलगायत संरचना निर्माण थाल्न सुझाएको हो ।

मापदण्ड विपरीत अनुमति नलिई कुनै पनि संरचना निर्माण गरिएको पाइए कारबाही हुने प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरणले मापदण्ड विपरीत बनेका संरचना भत्काउन दिइएको आदेश पालना नभए प्राधिकरण आफैँले हटाउने, भत्काउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने, जरिवाना समेत गर्न सक्ने जनाएको छ ।

सम्बन्धित समाचार