16k
Shares
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बाराको सिमरा उपमहानगरपालिका–२ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार सिमरा रोडस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यस शाखासँगै मधेस प्रदेशमा बैंकको २१ वटा शाखा पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सिमरा शाखाको उद्घाटन गरेका हुन् ।