कीर्तिपुरमा बिहान साढे दस बजेसम्म खस्यो ४५ सय मत

10.5k Shares

काठमाडौं । कीर्तिपुरमा बिहान ७ बजेदेखि सुरू भएको मतदानमा साढे दस बजेसम्म ४५ सय मत खसेको छ ।

काठमाडौं जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहान साढे १० बजेसम्म ४५ सय हाराहारीमा मत खसेको हो ।

आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान शान्तिपूर्ण तवरबाट सञ्चालन भइरहेको छ।

कीर्तिपुरको मेयर र दुई वडाध्यक्षका लागि मतदान भइरहेको छ। उपनिर्वाचनका लागि कुल ३१ हजार ११२ मतदाता रहेका छन् ।

यसअनुसार कीर्तिपुरमा करिब १५ प्रतिशत मतदान भएको छ। कीर्तिपुरमा १० वडा, २० मतदानस्थल र ३८ मतदान केन्द्र छन्।

मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। मतदान सकिएलगत्तै मतगणना सुरू गर्ने तयारी छ।

सम्बन्धित समाचार