बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै

16.6k Shares

हेटौंडा, २ भदौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । यस्तै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले वागमती प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चुनिएकी छन् । एमाले संसदीय दलको बैठकले शाक्यलाई प्रदेश संसदीय दलको नेतामा चयन गरेसँगै शाक्य मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई दलको नेता बनाइएको हो । हटौंडास्थित प्रदेश सभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको एक सांसदले जानकारी दिए । वागमती प्रदेशमा एमालेको स्पष्ट बहुमत रहेको छ ।

सम्बन्धित समाचार