गत आवमा चौधरी ग्रुपले बुझायो १८ अर्ब ५२ करोड कर

13.7k Shares

काठमाडौँ । चौधरी ग्रुपले गत आर्थिक वर्ष २०८०,८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो राजस्व चौधरी ग्रुप अन्तर्गत सञ्चालित विभिन्न कम्पनीहरूले तिरेका हुन् । 

आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको थिएन । तर चौधरी ग्रुपले भने अघिल्लो आर्थिक वर्षको तुलनामा १५ प्रतिशत बढी राजस्वमा योगदान गरेको छ ।

आर्थिक वर्ष २०७९,८० को तुलनामा चौधरी ग्रुपले गत आवमा राजस्वमा पुर्‍याएको योगदान २ अर्ब ३८ करोडले बढी छ । आर्थिक वर्ष २०७९,८० मा ग्रुपले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो । 

सम्बन्धित समाचार