"वैदेशिक रोजगारीको लागी विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तीहरु पक्राउ "

8k Shares

काठमाडाैँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने जिल्ला सिरहा मिर्चैया न.पा. वडा नं.०६ का २४ वर्षे राजेश कुमार महरा र  जिल्ला अछाम तुर्माखाँद गा.पा. वडा नं.०८ की ३० वर्षे पदमा शाहीलाइ पक्राउ गरेकाे छ ।

रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा उनीहरु पक्राउ परेका हुन् ।

विदेश पठाउने भनी ठगी गर्ने उनीहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको छ।

Press Release 1 (1).jpg

सम्बन्धित समाचार