बुधबार ५० अर्ब लगानीयोग्य रकम खिच्दै राष्ट्र बैंक

11.9k Shares

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अधिक हुन थालेपछि राष्ट्र बैंकले धमाधम पैसा खिच्न थालेको छ।

बुधबार पनि बैंकले बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब रुपैयाँ खिच्न लागेको हो। 

बैंकले निक्षेप संकलन नामक उपकरणमार्फत २१ दिनका लागि रकम बजारबाट तान्ने भएको छ। जसका लागि राष्ट्र बैंकले निक्षेपमा राख्न इच्छुक बैंक तथा वित्तीय संस्थालाई आवेदन दिन भनेको हो।

बोलकबोलमार्फत कायम हुने न्यून ब्याजदरमा रकम खिचिनेछ। निक्षेपमा राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरेको रकमसहित बोलकबोलमा सहभागी हुनुपर्नेछ।

सम्बन्धित समाचार