वामदेव गौतमलाई ओलीको जवाफ: सकारात्मक भावना अगाडि बढाऔँ

19.7k Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमले अघि सारेको वामपन्थी एकता अभियान सकारात्मक रहेको भन्दै त्यसलाई अघि बढाउन आफू सकारात्मक भएको बताएका छन् । साथै ओलीले आफूलाई वामपन्थी भन्ने शक्ति र सबै व्यक्तिहरूलाई नेकपा एमालेको धारमा समाहित हुन आह्वान पनि गरेका छन् ।

सोमबार काठमाडौँमा वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश बनाउने सही विचार र सिद्धान्त बोकेका पार्टी भएकाले एमालेमा समाहित भएर नै देश र जनताको विकास र समृद्धि पुरा गर्न सकिने बताए । ओलीभन्दा अगाडि बोलेका गौतमले आफू एमालेमा फर्कन तयार रहेको बताएका थिए ।

‘वामदेव कमरेडले कतिपय कुरा उठाउनुभएको छ । त्यसबारेमा अहिले यो बहस गर्ने थलो होइन । म यति भन्न सक्छु– वामदेवको प्रस्ताव सकारात्मक भावनाको हो । यसलाई अगाडि बढाऔँ’, ओलीले भने, ‘उहाँ वामपन्थी एकता अभियान चलाउँदै आउनुभएको छ त्यो अभियान सफल होस् शुभकामना दिन चाहन्छु ।’

सम्बन्धित समाचार