सुनको मूल्यको ओरालो यात्रा सुरु

13.8k Shares

मंगलबार तोलामै चौबीस सय रुपैयाँ घटेको सुनको मूल्य आज थप घटेको छ। विगत चार दिनदेखि सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ। 

प्रतितोला चार सय रुपैयाँ घटेर आज सुनको मूल्य एक लाख ६२ हजार दुईसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो सुनको मूल्य एक लाख ६२ हजार ६ सय थियो। गएको सोमबार सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो। आइतबार सुनको मूल्य तोलाको एक लाख ६६ हजार थियो।

यही कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। त्यसयता सुनको मूल्य निरन्तर घटिरहेको छ। १३ दिनको अवधिमा सुनको मूल्य तोलामा झण्डै नौ हजारले घटेको छ।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ। हिजो एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार नौ सय ४० पुगेको छ। 

सम्बन्धित समाचार