20.4k
Shares
मस्को । द न्युयोर्क पोस्टले रिपोर्ट गरेअनुसार, मंगलबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको चिहाननजिकै रुसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
न्युयोर्क पोस्टले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेको र आईएल–७६ विमान जंगमा खसेको जनाएको छ ।
सो विमानमा चालक दलका आठ सदस्य र सात यात्रीसहित १५ जना सवार थिए । अझैसम्म यात्रीको परिचय र गन्तव्य स्पष्ट हुन सकेको छैन ।
न्युयोर्क पोस्टले टेलिग्राम च्यानल–११२ मा सप्रेषण गरिएको फुटेजमा विमानको एउटा इन्जिनमा आगो लागेको र तीव्र गतिमा उचाइ गुमाएको देखाइएको जनाएको छ ।