‘अमेरिकी राष्ट्रपतिको चुनावले हाम्रो लागि केही अर्थ राख्दैन' - इरान

12.7k Shares

वासिङ्टन - अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको जितपछि इरानले पनि प्रतिक्रिया दिएको छ । बुधबार सरकारी टिभी च्यानल आईआईबीमा इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले इरानमा ट्रम्पको विजयको सम्भावित प्रभावलाई अस्वीकार गरेका छन् । 

इरान र इजरायलबीच अहिले तनाव छ । इरानी सरकारका प्रवक्ताले भने, ‘अमेरिकी राष्ट्रपतिको चुनावले हाम्रो लागि केही अर्थ राख्दैन । अमेरिका र इरानमा सरकार परिवर्तनले खासै धेरै परिवर्तन हुनेवाला छैन । ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन ।’ 

सम्बन्धित समाचार