तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ?

11.7k Shares

काठमाडौँ । तिहार नेपालीहरूको महान चाँड हो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ । तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहरुको पर्व हो ।

यसमा काग, कुकुर, गाई गोरु र भाईको धुमधामसँग पूजा र अर्चना गरिन्छ । औशीको दिन धनधान्यकि देवि लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजा गरिसकेपछी किशोरीहरुले भैलो खेल्ने गर्छ्न् । भोलीपल्ट गोरु-गोवर्धन पूजा गरेपछि देउसी खेल्ने देउसीहरु देउसी गीत गाएर रमाइलो गर्छन ।

बुढाँपाकाहरु पुरानो भाकाले देउसी भट्याउछ्न् भने युवायुवतीहरु पुरानो र नयाँ भाका मिश्रित गरि आ-आफ्नै भाकाले देउसी खेल्छ्न् ।

भैलो

समुहमा मिलेर केटीहरूले गाउने गीत भैलो हो जुन तिहारको औशीको दिन लक्ष्मिको पूजा गरिसकेपछी घर घर गएर गाइन्छ । हिमाल, पहाड र तराई भएको देश नेपालको यो एउटा पुरानो संस्कृति पनि हो जसमा किशोर किशोरीहरु जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर भैलो गीत गाउँछन ।

यो गीत गाउँदा साधारणत: एक जना मुख्य भैलेनी हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको भैलेनी भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन् । भैलो खेलेको घरवाट दान, सिधा र दक्षिणा दिन्छ्न् । त्यसपछि मुख्य ब्यक्तिले भैलो गीतको अन्तमा घरका सबै जनालाई शुभकामना र आशिष दिन्छ र समुहका मान्छेहरू भैलो भन्दै गर्छन ।

भैलो गीतको एउटा नमूना यस्तो छ:

भैली गीत

भैलिनी आईन आगन,बढारी कुडारी राखन

हे ! औसी को बारो,गाई तिहारो भैलो

हरियो गोबरले लिपेको,लक्ष्मी पूजा गरेको

हे ! औंसीको बारो,गाई तिहारो भैलो

भैलिनी आईन आगन, गुनिया चोलो माँगन

हे ! औसीको बारो, गाई तिहारो भैलो

हामी त्यसै आएनौँ, बलि राजाले पठाको

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

अरुदिन आउने जोगिनी, आज आउने भैलेनी

हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको

हे ! औंसीको बारो, गाई तिहारो भैलो

भैलिनी आईन आगन, गुनिया चोलो मागन

हे ! औसीको बारो, गाई तिहारो भैलो

घरबेटी आमा बोल्दै छिन्, सूनको दैलो खोल्दै छिन्

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

छाना माथि घिरैला, के – के दिन्छिन हेरौँला

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

लक्ष्मी पूजाको राती भैलीका मुखमा सन्तोषी

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

यो घरकी आमा कस्ति छिन्, लक्ष्मी माता जस्ती छिन् ।

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

कति दिऊ के दिऊ भन्दैछिन, रुपैया पैसा गन्दै छिन

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

धमीराको ताती, हामीलाई भो राती

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

घोडा बान्ने तवेला, हामीलाई भयो अबेला

हे ! औंसीको बारो, गाई तिहारो भैलो।

दिने भए सिधा देउ, नदिने भए बिदा देउ

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

जसले दिन्छ मानो, उसको सूनको छानो

जसले दिन्छ पाथी, उसको सुनको छात्ती

जसले दिन्छ मूरी, उसको सूनको धुरी ।

…………………………………………………

आशिष् यसरी पनि दिन्छ्न्:

आहै, भन मेरा संगी हो- भैलेनी, आहै भट्याउनेको- भैलेनी आहै, सोरैमा ढाकी- भैलेनी, आहै रामरी भन्- भैलेनी, आहै, आशिष दिनु- भैलेनी, आहै, यसैमा घरको -भैलेनी, आहै, भडारमा- भैलेनी, आहै लक्ष्मीले – भैलेनी, आहै, बासै गरून्- भैलिनी, आहै ढुङ्गामा छुदा- भैलेनी, आहै, द्रव्य होस- भैलेनी, आहै, माटोमा छुदा – भैलेनी, आहै अन्न बनोस- भैलेनी, आहै, पानीमा छुदा भैलेनी, आहै तेलमा बनोस – भैलेनी, आहै, यसैमा घरका – भैलेनी, आहै घरबेटी बाबा – भैलेनी, घरबेटी आमा – भैलेनी, लाला र बाला – भैलेनी, केटा र केटी – भैलेनी, आहै, बरपिपल जस्तै- भैलेनी,आहै, तपि रहुन – भैलेनी, आहै, दुवोमा जस्तो – भैलेनी, आहै, मौलाइ रहुन्- भैलेनी, आहै, नाम र किर्ति – भैलेनी, आहै, फैलिमा रहोस- भैलेनी, आहै, यसै घरमा-भैलेनि, आहै, सुख र शान्ति-भैलेनी, आहै, सधैमा रहोस्- भैलेनी……………आहै, लेकको काने- भैलेनी, आहै औलाको माने- भैलेनी, आहै, आशिष दिन- भैलेनी, आहै, यतिकै जाने- भैलेनी ।

यति भनिसकेपछि भैलेनीहरु हाँसी मजाक गर्दै रमाइलो गर्दै फेरि अर्को घरमा भैलो खेल्न जान्छ्न् ।

तिहार नेपालीहरुको एउटा पुरानो साँस्कृतिक पर्व हो । तिहारको हलि तिहार र भाइ तिहारको दिन पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर देउसी गीत गाउँछन र देउसी खेल्छ्न्। रमाइलो गर्छ्न् । खासमा ‘देउसिरे’ देव श्री रामबाट अपभ्रङ्श भएर आएको हो भन्ने परम्परागत मान्यता रहेको छ ।

देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले भट्याउनेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, देउसे भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, भनिन्छ। त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ ।

यो गीत गाउँदा साधारणत: एक जना मुख्य:- भट्याउने हुन्छन् र मण्डली समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको देउसिरे भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन।

देउसी गीत

देउसी टोलीको मुख्यले भन्छ – “आहै झिलिमिली झिलिमीली”

मण्डली समूह: देउसिरे !

भट्याउने: “आहै के को झिलिमीली”

मण्डली समूह – देउसिरे!

भट्याउने”आहै फूलको झिलिमिली”

समूह – देउसिरे!

भट्याउने:”आहै बत्तीको झिलिमिली”

समूह – देउसिरे!

भट्याउने:”आहै, भन मेरा भाइ हो”

समूह – देउसिरे!

भट्याउने ” हे राम्ररी भन”

समूह – देउसिरे!

भट्याउने – “आहै,स्वर मिलाई भन”

समूह – देउसिरे!

भट्याउने “आहै, भन न भन”

समूह – देउसिरे!

भट्याउने “आहै देउसीरे खेल्न”

समूह: देउसिरे!

भट्याउने”आहै आएका हामी”

समूह: देउसिरे!

भट्याउने:”आहै,बर्षमा दिनको”

समूह – देउसिरे!

भट्याउने:आहै,चाड र वाड”

समूह – देउसिरे!

भट्याउने:”आहै,मनाउन भनी”

समूह – देउसिरे!

भट्याउने:आहै आएका हामी”

समूह – देउसिरे!

भट्याउने:”आहै रातो माटो”

समूह – देउसिरे!

भट्याउने:”आहै, चिप्लो बाटो “

समूह – देउसिरे!

भट्याउने:”आहै, लड्दैमा पढ्दै “

समूह – देउसिरे!

भट्याउने:”आहै, आएका हामी”

समूह – देउसिरे!

भट्याउने:”आहै, भनभन भाइ हो”

समूह – देउसिरे!

भट्याउने:”आहै, राम्ररी भन “

समूह – देउसिरे!

भट्याउने:आहै, तीन दिन तिहार”

समूह – देउसिरे!

भट्याउने:”ए, पाँच दिन पन्चक”

समूह – देउसिरे!

भट्याउने:”मनाउनैं पर्छ”

समूह – देउसिरे!

भट्याउने:आहै, हामी त्यसै”

समूह – देउसिरे!

भट्याउने: “आहै,आएका हैनौ”

समूह – देउसिरे!

भट्याउने:बलिराजाले पठाएको”

समूह – देउसिरे!

भट्याउने:”आहै, भन मेरा भाइ हो”

समूह – देउसिरे!

भट्याउने: ” हे राम्ररी भन”

समूह – देउसिरे!

भट्याउने:”आहै,आखाम बाखम”

समूह – देउसिरे!

भट्याउने:”सेलरोटि चाखम”

समूह – देउसिरे!

भट्याउने:आहै, भन मेरा भाइ हो”

समूह – देउसिरे!

………………………………

यस्तै प्रक्रिया चल्दै गएपछि देउसी खेल्न गएको घरबाट नाङ्लोमा दियो, कलस, फूल, अगरबत्ती, चामल, रुपैया पैसा, सेलरोटी, फलफूल आदि विभिन्न प्रकारका चीजहरु ल्याएर आँगन वा कौसीमा राखि दिन्छन् । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार