हिमाल आरोहणमा ‘निम्स’को अर्को कीर्तिमान, अग्ला १४ चुचुरोमा पूरक अक्सिजन बिनै आरोहण

14.8k Shares

काठमाडौँ - कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स’ इन्डोनेसियामा रहेको कार्टेन्स्ज् पिरामिड हिमालमा आइतबार स्थानीय समय अनुसार २० अक्टोबर १ः५० मिनेटमा सफल आरोहण गरेसँगै बिना अक्सिजन (पूरक अक्सिजन) ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने र सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने पहिलो आरोही भएका छन् । 

७ महाद्वीपका ७ सर्वोच्च पर्वतहरू मध्ये कार्टेन्स्ज् पिरामिड सातौं शिखर हो ।कार्टेन्स्ज पिरामिड अष्ट्रेलिया र ओसिनियाको सबैभन्दा अग्लो हिमाल समेत हो ।कार्टेन्स्ज् पिरामिडको दक्षिण ध्रुवमा पुग्न सफल भएबा आरोह पूर्जाले आफ्नो एउटा सपना पूरा भएको बताए ।

‘आरोहण क्षेत्रमा लागेपछि मैले देखेको यो एउटा सपना पूरा भएको छ,विश्वभरका हिमालहरू आरोहणका लागि सुरक्षित छन्’ पूर्जाले व्हाट्सएप च्याटमा भने। उनले एशियाको सगरमाथादेखि अफ्रिकाको माउन्ट किलिमन्जारोका साथै दक्षिण अमेरिका, उत्तर अमेरिका, अन्टार्कटिका, युरोप र अष्ट्रेलिया महादेशका उच्च शिखर आरोहणको अभियान पूरा भएको गरेको बताए । उनले पर्वतारोहणमा निरन्तर यात्राको यो अर्को एक उपलब्धी भएको बताए । १६ वर्ष बेलायती सेनामा काम गरेका निम्स दाइले २०६९ सालको पुसमा पहिलोपटक सगरमाथा आधारशिविरसम्म पदयात्रा गरेका थिए । त्यही वर्ष पहिलो पटक ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्रा थालेका थिए । 

हिमाल आरोहणको १२ बर्षको अवधिमा पूर्जाले विश्वकै अग्लो सगरमाथासहित नेपालमा रहेका ८ र पाकिस्तान र चीनमा गरी १४ वटा अग्ला हिमालमा हाफ सेन्चुरी अर्थात् ५० पटक आरोहणका साथै सातै महादेशका अग्ला चुचुरोमा बिना अक्सिजन आरोहणमा कीर्तिमानी कायम अहिलेसम्म नेपाली र विदेशी आरोहीको नाममा छैन । पूर्जाले सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको केटुको आरोहण समेत दुर्लभ दुर्लभ कीर्तिमानी छ । उनले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ आरोहण अहिलेसम्म कुनै पर्वतारोहीले तोड्न सकेको छैनन् । आरोही पूर्जाले २९ बर्षको उमेरमा आरोहण गरेपछि बेलायती सेना सहितको टोलीलाई समेत सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पूर्जाले आफ्नै जिल्लामा भएका सातौं अग्लो धौलागिरी हिमाल र १० औं अग्लो अन्नपूर्ण हिमालको समेत पटकपटक आरोहण गरेका छन् । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए । कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए। क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए । आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार